मोरङ नाडाको अध्यक्षमा श्रेष्ठ चयन

  २०७८ फागुन १४ गते २१:११     विकासन्युज

मोरङ । मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको १४औँ साधारण सभा सम्पन्न भई नयाँ कार्यसमिति गठन भएको छ । एशोसिएसनका अध्यक्ष शुभाष आचार्यकाे अध्यक्षतामा आयोजित साधारणसभामा उद्घाटन नाडाका केन्द्रीय अध्यक्ष धुर्ब बहादुर थापाले गरेका हुन् । 

सभाबाट एशोसियसनको आगामी कार्यकालका लागि गठित नयाँ कार्यसमितिमा अध्यक्ष पदमा संजय कुमार श्रेष्ठ, उपाध्यक्षमा दिल्ली आचार्य, सचिवमा मनोज विक्रम साह, सह–सचिवमा रुपेश बराल, कोषाध्यक्षमा जीवन पोख्रेल चयन भएका छन् ।

सदस्यमा ओम प्रकाश शर्मा, रवी अग्रवाल, दिव्य राज घिमिरे,  निसार अहमद्, राजेश कुमार भगत, शैलेन्द्र कुमार साह, मनोज कुमार चौधरी र  गंगा प्रसाद शर्मा सर्वसम्मत रुपमा चयन भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.