‘शतप्रतिशत नगद मार्जिन राखेर व्यापार घाटा कम गर्न सकिन्छ भन्ने नीति गलत’

  २०७८ फागुन ११ गते १४:१५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले आयातमा अहिले गरिएको कडाईले व्यापारघाटा कम गर्न सहयोग नपुग्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले गरेको छलफलमा पूर्व गभर्नर क्षेत्रीले यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेकका वस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले आयात कमी भइ व्यापार घाटा कम हुने अवस्था नआउने क्षेत्रीले बताए ।

उनले आयात निरुत्साहित गरिने क्षेत्रको पहिचान गर्नुपर्ने र त्यसैअनुरुपका दीर्घकालिन कार्यक्रमहरु ल्याउनु पर्ने धारणा राखे । गलत ढंगबाट हुने आयात नियन्त्रण गर्न नसके समस्या अझ चर्केर जाने उनको विश्लेषण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.