नेपाल बैंकका कर्मचारी र ग्राहकहलाई बि.एण्ड बि हस्पिटलकाे सेवामा विशेष छुट 

  २०७८ फागुन १० गते १२:००     विकासन्युज

काठमाडौं । नेपाल बैंकका कर्मचारीहरु एवं ग्राहकहरुलाई काठमाडौं बि।एण्ड बि। हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच सोमबार यसबारे सम्झौता भएको हो ।

यस सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् ।

बि।एण्ड बि। हस्पिटल ग्वार्को ललितपुरमा भएको उक्त सम्झौता पत्रमा बि।एण्ड बि।हस्पिटलका तर्फबाट प्रा।डा।अशोक कुमार बांस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृण्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.