सिद्धार्थ बैंकका ग्राहकलाई कलाक्रस रिर्सोटमा २० प्रतिशतसम्मको छुट

  २०७८ फागुन ८ गते १४:२०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वीरगंजको कलाक्रस रिर्सोटबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट वीरगञ्ज शाखाका शाखा प्रबन्धक बाबु राम न्यौपाने र कलाक्रस रिर्सोटका तर्फबाट महाप्रबन्धक राजेश रन्जनले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कलाक्रस रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग प्रयोग गरे बापत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.