धौलागिरी लघुवित्तको आईपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल

  २०७८ फागुन ४ गते १८:१९     विकासन्युज

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले निष्काशन गर्न लागेको आईपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त भएको छ । संस्थाले सर्वसाधारणलाई निष्काशन गर्न लागेको ३ लाख ३१ हजार कित्ता सेयरको प्रत्याभूतिका लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।

फागुन ४ गते भएको सो नियुक्ति सम्बन्धी सम्झौतामा धौलागिरी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् ।

धौलागिरी लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । प्रधान कार्यालय बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका वार्ड नं. २, श्री नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फागुन १ गतेदेखि वित्तीय कारोबार गर्दै आइरहेको छ ।

संस्थाले हाल २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४ हजार ५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.