अमित अग्रवालको बयानः फ्रेस हुन भारत गयौं, ऋण लिँदा धितो पर्याप्त

  २०७८ माघ २८ गते १५:४५     विकासन्युज

काठमाडौं । ग्रिनलाइनका संचालक अमित अग्रवालले आफूहरुको व्यवसाय विग्रिएपछि नेपाल छोडेर भारत गएको बताएका छन् ।

बैंकबाट कर्जा लिएर नतिरी बेपत्ता भएका भन्ने आरोप लागेका अग्रवालले आज पत्रकार सम्मेलन गर्दै आफूहरु बेपत्ता नभएको र हराउने कुनै योजना पनि नभएको बताए ।

‘हाम्रो व्यवसाय विग्रियो, सबैतिर विग्रिएपछि के गर्ने भन्ने भयो, भाइ पनि विरामी थियो, अनि माइन्ड पनि फ्रेस हुन्छ र भारतमा भाइको उपचार पनि गर्ने भनेर हामी भारत गयौं, यही बीचमा हामी भागेको भन्ने हल्ला नेपालमा फैलिएछ’, अग्रवालले भने ।

उनले आफ्नो परिवार नै एउटै गाडीमा मुग्लिनको बाटो हुँदै बिरगन्जबाट भारत गएको उनले बताए । भारत जाने क्रममा रेलको टिकट नपाएपछि ४ दिन रक्सौलमा नै बसेको उनले बताए । त्यही बीचमा आफूहरु सबै जना कोभिड संक्रमणमा परेकोले पनि समस्या भएको उनले बताए ।

उनले बैंकहरुको रकम हिनामिना गरेको भन्ने आरोपको पनि खण्डन गरे ।

उनले आफूले विभिन्न बैंकहरुबाट करिब ७५ करोड रुपैयाँदेखि ८० करोड रुपैयाँसम्म कर्जा लिएको र त्यसको लागि करिब १ अर्ब रुपैयाँ बराबरको धितो दिएको अग्रवालले बताए ।

उनले केही सहकारी संस्थाहरुबाट महंगो व्याजमा कर्जा लिएको र आफूसँग चिनजान भएका तथा साथीभाइसँग २४ प्रतिशत व्याजमा पनि सापटी लिएको उनले खुलाए ।

सम्बन्धित समाचार
 बैंकका सीईओलाई भारतबाट अग्रवालको फोनः वातावरण सहज बनाउनुस्, नेपाल फर्केरै ऋण तिर्छु

अग्रवाल सम्पर्कविहिन पछि व्यवसायिक घरानाबाटै प्रहरीलाई फोनः सबैको ‘क्वाइरी’ आर्थिक कारोबार

अन्ततः सम्पर्कमा आयो अग्रवाल परिवार, नेपाल फर्केरै ऋण तिर्ने प्रतिवद्धता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.