हाइग्राउडको भ्यालेन्टाइन अफर: कपल बन्जी गर्दा कपल स्विङ फ्री

  २०७८ माघ २८ गते ११:२४     विकासन्युज

पोखरा । हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले ‘भ्यालेन्टाइन्स डे’ लक्षित नयाँ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत टेन्डम (जोडि) बन्जी गर्ने जोडिले स्विङ नि:शुल्क खेल्न पाउनेछन् । त्यस्तै जिपलाइन बुक गर्ने जोडिले पनि स्विङ नि:शुल्क खेल्न पाउनेछन् ।

नेपालमा पहिलो टावर बन्जी निर्माण गरेको हाइग्राउण्डले नेपालमै पहिलोपटक जोडि बन्जी सुरु गरेको हो ।

हाइग्राउडले नेपालमै पहिलो पटक जायन्ट स्विङ निर्माण गरेको छ । खोलाबाट २ सय ६२ फिट माथी ९८ फिटको टावर निर्माण गरिएको छ । टावरमा रहेको डोरीमा स्विङ खेल्ने व्यक्तिलाई झुन्ड्याइन्छ । कुर्सीमा बसे जसरी र सुपरम्यान शैलीमा खेल्न सकिने स्विङ ३ जना एकैपटक बसेर खेल्न मिल्छ ।

परिवार र साथीहरुसँगै खेल्न सकिने पिङ दुई जना मात्र बसेर पनि खेल्न सकिन्छ । स्विङको फ्री फल ३ सेकेन्ड रहेको छ । स्विङ खेल अवधी ३ मिनेटको हुन्छ । स्विङको शुल्क २ हजार प्रति व्यक्ति र फोटो भिडियो टिसर्टको १२ सय रहेको छ ।

जिप लाइनमा विश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’को फ्रेन्चाइज रहेको हाइग्राउण्डले एक दशकदेखि पोखरामा संचालन गरिरहेको विश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइनको समेत सुरुवात गरेको छ ।

सन २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको यस हाइग्राउण्डले एक दशक पछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन सुरु गरेको हो ।

समुन्द्री सतह देखि १ हजार ५ सय पचास मिटरको उचाइमा रहेको सराङ्कोटको टप स्टेसनबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप ९भिरालो० ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अरु नभएकोले गिनिज बुक अफ वल्ड रेकर्डमा ‘विश्वकै भिरालो जिपलाइन’का रुपमा दर्ता गर्न आवेदन दिइएको कम्पनीले बताएको छ ।

विश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरी सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.