भ्यालेन्टाइन डे मा चन्द्रागिरी जाँदा विशेष छुट

  २०७८ माघ २७ गते १६:५६     विकासन्युज

काठमाडौं । चन्द्रागिरीले हिल्सले भ्यालेन्टाइन डे लाई लक्षित गर्दै जोडीहरुको लागि विशेष छुट अफर ल्याएको छ । चन्द्रागिरीले फेब्रुअरी १४ (फागुन २ गते) जोडीहरुको लागि ३ विशेष अफर ल्याएको हो ।

भ्यालेन्टाइन डे को अवसरमा चन्द्रगिरीले केबुलकारमा २५ प्रतिशत छुटको साथै भ्यालेन्टाइन लन्च र भ्यालेन्टाइन स्पेशल प्याकेज ल्याएको छ ।

भ्यालेन्टाइन लन्च प्याकेज ३ हजारको रहेको छ जसमा दुई जोडीलाई लन्च र प्राइभेट केबलकारको व्यवस्था गरिएको छ ।

यस्तै भ्यालेन्टाइन स्पेशल प्याकेज १४ हजार ९९९ देखि सुरु रहेको छ जसमा दुई जोडीलाई क्यान्डल लाइट डिनर, प्राइभेट केबलकार, सानो केक, ब्रेकफास्ट, डिलक्स रुमको व्यवस्था गरिएको छ । यस अफरमा जोडीले स्पामा १० प्रतिशत छुट पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.