राष्ट्र बैंकको नयाँ व्यवस्थाः कपडादेखि माछामासु आयातमा कडाई, यी ४१ वस्तुमा १००% मार्जिन

  २०७८ माघ २६ गते २०:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाई गरेको छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै कुल ४७ वटा होर्मोनिक (एचएस) कोडबाट आयात हुने वस्तुको आयातमा कडाई गरेको हो ।

परिपत्रमा एलसी खोल्दा ६ वस्तुमा ५० प्रतिशत र ४१ वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले अब विदेशबाट आयात हुने तयारी पोशाक तथा कपडा, ड्राइ फुड, माछा, मासु लगायतका वस्तु आयातमा गर्न कडाइ गरेको हो । होर्मोनिक कोड ०३ बाट सुरु हुने माछा र माछाजन्य अन्य परिकारको आयात गर्दा एलसीमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको छ ।

हार्मोनिक कोड ८७०३, ८७११, ६०, ६१, ६२ र ६३ बाट सुरु हुने वस्तुहरुको आयातको लागि एसली खोल्दा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था छ ।

यस्तै, राष्ट्र बैंकले परफ्युम, मेकअपका सामान, कपालको क्रिम तथा स्याम्फु, काठ, काठको कोइला र फर्निचर, जुत्ता, चप्पल लगायतका सामान आयात गर्दा पनि शतप्रतिशत मार्जिन लगाउनु पर्ने व्यवस्था गरेको छ ।

One comment on "राष्ट्र बैंकको नयाँ व्यवस्थाः कपडादेखि माछामासु आयातमा कडाई, यी ४१ वस्तुमा १००% मार्जिन"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.