कनेक्ट आइपिएस मार्फत ६ महिनामा साढे २ खर्बको कारोबार

  २०७८ माघ २६ गते १६:५६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा कनेक्ट आइपिएसको कारोबारमा उल्लेख्य बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको (गत साउनदेखि पुससम्म) वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७८ अनुसार कनेक्ट आईपिएस मार्फत २ खर्ब ४७ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

गत मंसिर महिनासम्म २ खर्ब २८ अर्ब ४५ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । पछिल्लो समय कनेक्ट आईपीएस मार्फत हुने कारोबारको रकममा बृद्धि हुन थालेको छ ।

पुस महिनामा कनेक्ट आईपिएस सँगै क्यूआर कोड, डिजिटल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत विद्युतीय माध्यमबाट हुने कारोबार रकममा बृद्धि भएको छ ।

पुसमहिनासम्म क्यूआर कोर्ड मार्फत ६ अर्ब ५२ करोड ५० लाख, डिजिटल वालेटमार्फत १६ अर्ब २७ करोड ६० लाख, मोबाइल बैैंकिङ मार्फत, ९४ अर्ब ४० करोड ९० लाख र इन्टरनेट बैंकिङ मार्फत १३ अर्ब ४९ करोड ६० लाख बराबरको कारोबार भएको छ ।

मंसिर महिनासम्म क्यूआर कोड मार्फत ६ अर्ब २८ करोड २२ लाख, डिजिटल वालेटमार्फत १५ अर्ब ५२ करोड ७६ लाख, मोबाइल बैंकिङ मार्फत ८८ अर्ब ५३ करोड १४ लाख, र इन्टरनेट बैंकिङ मार्फत १२ अर्ब ७३ करोड ४९ लाख रुपैयाँको कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.