मेरो डाक्टर एप १ लाखभन्दा बढी डाउनलोड

  २०७८ माघ २५ गते ११:१४     विकासन्युज

काठमाडौं । ‘मेरो डाक्टर’ ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड भएको छ । ‘मेरो डाक्टर’ मिदास टेक्नोलोजीको हेल्थकेयर एप हो । कम्पनीको अनुसार यसले हालसम्म ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्याइसकेको छ ।

यस्तै मेरो डाक्टरमा सूचीवद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओ।पी।डी।टिकट बिरामीहरूले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरी सेवा लिएको कम्पनीले जानकारी दिएको छ ।

मिदास टेक्नोलोजी विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा संलग्न छ । यस कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ ।

मिदासले देशभरका १ सय ५० भन्दाबढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.