१/२ वटा बैंकको कारण बैंकिङ क्षेत्र नै बदनामी बन्योः पवन गोल्यान

  २०७८ माघ २३ गते १६:२७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)का अध्यक्ष पवन गोल्यानले १ २ वटा बैंकको कारण बैंकिङ क्षेत्र नै बदनामी बनेको बताएका छन् । सीबीफीनले आयोजना गरेको तरलता अभावको कारण सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै गोल्यानले केही बैंकले गर्दा क्षेत्रनै बदनाम बनेकोमा दुःख व्यक्त गरेका हुन् ।

उनले गलत गरेकालाई नै कारवाही गर्नुपर्ने तर अरुलाई भने त्रसित बनाउन नहुने बताएका छन् । राम्रो रिटर्न भएन भने लगानीकर्ताले सेयरमा लगानी नै नगर्ने भएकाले बैंकहरू पनि आत्म अनुशासित हुनुपर्ने उनले बताए ।

अहिलेको हिसावले चल्यो बने बैंकको नाफा झन घट्ने भएकाले बैंकिङ्ग व्यवसायमा आक्रामक हुनुको विकल्प पनि नभएको उनको बुझाई छ ।

‘कृषि र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आवश्यक, व्याजदर पनि उत्पादमुलक र कम उत्पादन क्षेत्रमा तय हुनुपर्ने, आयातमा आधारित अर्थतन्त्रबाट बाहिरिनु पर्ने, वित्तीय साक्षरता र वित्तीय पहुँच आवश्यक, सबै भार बैंकलाई दिन उचित हुँदैन, उनले भने ।

साथै, आयात डर लाग्दो हिसावले बढेले यसमा सचेत हुनु पनि उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.