लगातार ओरालो लाग्दै सुनको मूल्य, सोमबार ४०० रुपैयाँले घट्यो

  २०७८ माघ १७ गते ११:२५     विकासन्युज

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९१ हजार ८०० तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु प्रतितोला ९२ हजार २००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३०० छ जसको मूल्य गत आइतबार प्रतितोला ९१ हजार ७०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १०ले घटेर एक हजार २४० मा आएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.