नेपालमा सक्रिय संक्रमित संख्या करिब ९० हजार पुग्याे

  २०७८ माघ १४ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना संक्रमित थपिएसँगैं नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १९ हजार ८६९ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार ८२७ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

यस्तै यो अवधिमा ५ हजार ४३२ जना निको भएका छन् भने १० जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.