लघुवित्त परियोजनाको बीमा अन्तर्गत सिटिजन्स बैंकले ग्राहकलाई दियो ८ लाख ९७ हजार

  २०७८ माघ १२ गते १८:२१     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनका लघुवित्त परियोजना अन्तर्गत एक ग्राहकलाई ८ लाख ९७ हजार सहयाेग गरेकाे छ । बैंकले शाखा कार्यालय भैरहवाका ग्राहक गिता गुरुङको मृत्यू भएकामा निज मृतकका श्रीमान रविन्द्र कुमार थापा लाई उक्त रकम हस्तानतर्ण गरेकाे हाे ।

उक्त सहयोग रकम सिटिजन्स बैंकका भैरहवा शाखाकाका शाखा प्रमुख तथा अन्य कर्मचारीहरुको रोहवरमा लघुवित्त इकाईका इन्चार्ज प्रवेश अर्यालले माघ १२ गते हस्तान्तरण गरेका छन् ।

लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यू भएका ग्राहकको काजक्रिया खर्च सहित बैंकले बीमा कम्पनीमा रकम दावी गरी सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेशनलले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिब १४ हजार विपन्न महिलाहरु लाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका लघुवित्त इकाईका इन्चार्ज प्रवेश अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.