ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का

  २०७८ माघ ११ गते १०:१९     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । माघ ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गरेको हो ।

खड्का बैंकको संस्थापक सेयरधनी हुन् । उक्त समूहको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका सञ्चालक खड्काले अब बैंकको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

यसअघि बैंकको अध्यक्षमा हरि प्रसाद थिए । उनको राजिनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा खड्कालाई चयन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.