हिमालय एयरलाइन्सले पायो आइएसओको मान्यता, नेपालमै पहिलो

  २०७८ माघ १० गते १२:२०     विकासन्युज

काठमाडौं । हिमालय एयरलाइन्स नेपालमै सर्वप्रथम आइ.एस.ओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण प्राप्त गरेकाे छ । कम्पनीले गत डिसेम्बर २९, २०२१ आइएसओबाट उक्त प्रमाणीकरण प्राप्त गरेकाे हाे ।

एयरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरे वापत उक्त प्रमाणीकरण प्राप्त गरेको हो ।

हिमालय एयरलाइन्सले यसअघि अगस्ट २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवा वापत आइ.एस.ओ बाट प्रमाणिकरण हुने सौभाग्य प्राप्त गरिसकेको थियो ।

आइ.एस.ओ ९००१ः२०१५ विश्वव्यापीरुपमै मान्यता प्राप्त स्तरिय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तराष्ट्रिय मानकीकरण संगठनद्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो, जसबाट प्रमाणित संस्थाले प्रदान गर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट आफ्ना ग्राहकहरुको आवश्यकता सन्तोषजनकरुपमा परिपूर्ति गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.