साधना लघुवित्तको व्यवसाय प्रवर्धन तथा नेतृत्व विकास तालिम सम्पन्न

  २०७८ माघ ९ गते १७:३४     विकासन्युज

काठमाडौं । साधना लघुवित्तको व्यवसाय प्रवर्धन तथा नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न भएको छ । लघुवित्तले माघ ७ र ८ गते सौराहा स्थित होटल मोनालिसा उक्त तालिम कार्यक्रम गरेको थियो ।

तालिम कार्यक्रमको औपचारिक उदघाटन वित्तीय संस्थाको संचालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाले गरेका थिए ।

कार्यक्रममा नेतृत्व विकास विकास तथा अन्य विषयहरुमा नेपाल जेसिस चितवनका पुर्व उपाध्यक्ष शिव प्रसाद भुषालले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

संस्थाले हालसम्ममा ३१ वटा जिल्लाका ९० हजारभन्दा बढी विपन्न परिवारमा आफ्नो सेवा पुर्याएको छ । यस अवधीमा संस्था लगानीमा रहिरहेको कर्जा ५ अर्ब तथा सदस्यहरुबाट १ अर्ब २० करोडभन्दा बढि बचत संकलन गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.