शुक्रबार थपिए १० हजार ७०३ जना संक्रमित

  २०७८ माघ ७ गते १६:२२     विकासन्युज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३ हजार ९२ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार ७०३ जना कोरोना संक्रमित पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ७६६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.