पानीमाथि बसेर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने श्रेष्ठले राखे विश्व कीर्तिमान

  २०७८ माघ ४ गते १३:५१     विकासन्युज

काठमाडौं । विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर नेपाली युवा विकर्ण कुमार श्रेष्ठले विश्व किर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी वल्र्ड बुक अफ रेकर्डमा किर्तिमान दर्ता गराउन सफल भएका हुन् ।

सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई वर्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका छन् । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री अथकले आग्रह गरेका छन् ।

सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथी पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.