सिद्धार्थ बैंकको सभाले पारित गर्यो १५ प्रतिशत लाभांश, पुँजी साढे १२ अर्ब नाघ्यो

  २०७८ पुष ३० गते १८:३१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । पुस ३० गते सम्पन्न बैंकको २०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

सभाले बैंकको चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर तथा ०.७५ प्रतिशतको नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ९६ करोड रुपैयाँ छ । १४.२५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ पुग्ने छ ।
वि.सं. २०५९ सालमा स्थापना भए देखिनै सिद्घार्थ बैंक ग्राहकवर्गको चाहाना बमोजिम सेवा प्रदान गर्न प्रतिबद्ध रहदै आएको छ । बैंकले हालसम्म १८९ शाखा, २०८ एटीएम, ११४ शाखारहित बैंकिङ्ग, १,८९० पि ओ एस् मार्फत देश भरीनै आफ्नो सञ्जाल विस्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.