४१ वटै कम्पनीलाई बीमा समितिको ५ बुँदे निर्देशन

  २०७८ पुष २९ गते १७:१८     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सञ्चालनमा रहेका ४१ वटा बीमा कम्पनीलाई विभिन्न ५ बुँदे निर्देशन दिएको छ । समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै सञ्चालित कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा गराउन एकमुष्ट रुपमा निर्देशन दिएको हो ।

समितिले नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै देहाय बमोजिम हुने गरी कार्यालय सञ्चालन गर्न विभिन्न ५ बुँदे अनुसारको व्यवस्था गर्न सबै बीमा कम्पनीहरुलाई आग्रह गरेको हो ।

जसअन्तर्गत कम्पनीहरुले कार्यालयमा उपस्थित कर्मचारी तथा सेवा ग्राहीहरुमा कोभिड संक्रमण जोखिमलाई कम गर्न भौतिक दुरी कायम गरी कार्य गर्ने वातावरण मिलाउनु पर्ने छ ।

त्यस्तै, कार्यालयमा उपस्थित कर्मचारी तथा सेवाग्राहीहरुलाई आवश्यक मास्क तथा सेनिटाइजरको व्यवस्था गर्ने र सञ्चालन गरिने कुनै पनि कार्यक्रममा बढिमा २५ जनासम्म मात्र उपस्थित हुने गरी भौतिक दुरी कायम राखेर सञ्चालन गर्न समितिले निर्देशन दिएको छ ।

त्यसैगरी, तालिम तथा गोष्ठी जस्ता कार्यक्रमहरु सम्भव भएसम्म भर्चुअल माध्यमबाट सञ्चालन गराउन र कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेका कर्मचारीहरुलाई अनिवार्य रुपमा खोप लगाउने व्यवस्था मिलाउन समितिले ४१ वटै कम्पनीलाई निर्देशन दिएको हो ।

समितिले पुस २९ गते पत्र जारी गर्दै ४१ वटै कम्पनीलाई उक्त निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.