नेपाल क्लियरिङ्ग हाउसको ४० प्रतिशत लाभांश पारित, संचालकमा दुई जना चयन

  २०७८ पुष २८ गते १७:०७     विकासन्युज

काठमाडाैं । नेपाल क्लियरिङ्ग हाउस( एनसिएचएल)काे ४० प्रतिशत लाभांश पारित भएकाे छ । एनसिएचएलकाे पुस २८ गते सम्पन्न दशाैं साधरणसभाले उक्त लाभांश पारित गरेकाे हाे ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ३८ प्रतिशत बोनस शेयर तथा २ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हाे ।

कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरुको कारोवार शुल्कअत्याधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धी भएको र अघिल्लो आ.व.को ४ महिनामा कोभिड–१९को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आ.व. २०७७/७८मा कम्पनीको खुदनाफा ३८% ले वृद्धी भएको छ सभाले जनाएकाे छ । त्यसैगरी कम्पनीले कुलपूँजीतथाजगेडा कोषकोअनुपातमा ३१ प्रतिशत बराबरको नाफा प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले मात्र वृद्धि भएको हाे ।

बैठकले कम्पनीको सञ्चालक समितिमा दुई जना नयाँ सञ्चालकहरु निर्विरोध चयन गरेको छ । विकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीनजना, विकास बैंकका तर्फबाट एक जना र फाइनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जनाप्रतिनिधीहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.