४० प्रतिशत बोनसको लागि नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

  २०७८ पुष २७ गते १०:०५     विकासन्युज

काठमाडौं । मंगलबार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ४० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता २६१४.२९ रुपैयाँ कायम भएको छ । जुन सोमबारको कारोबारको तुलनामा प्रतिकित्ता १०४५.७१ रुपैयाँले घटी हो । पुस २६ गते सोमबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ३६६० रुपैयाँमा भएको थियो ।

मूल्य समायोजनसँगै पुस २६ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित गत वर्षको लाभांश पाउने छन् । अब पुस २७ गतेदेखि संस्थाको सेयर किन्नेले भने गत वर्षको लाभांश पाउँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.