एचआइडिसीएलको लाभांश पारित, संचालकमा सुधिर ज्ञवाली नियुक्त

  २०७८ पुष २३ गते १३:०२     विकासन्युज

काठमाडौं । एचआइडिसीएलको प्रस्तावित ८.४२ प्रतिशत लाभांश पारित भएको छ । पुस २३ गते सम्पन्न कम्पनीको १० औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र  ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश पारित गरेको हो । बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी २० अर्ब १९ करोड ६० लाख रुपैयाँ हुनेछ ।

यस्तै सर्वसाधारण समूहका शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने अधिकतम मत प्राप्त गरी सुधिर ज्ञवाली सञ्‍चालक पदमा निर्वाचित भएका छन् ।

साधरणसभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम चार्टर्ड एकाउन्टेन्ट सृष्टी कोइरालालाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनीबाट नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा ८ लाख र राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख सहयोग रकम भुक्तानी भएकोमा सोको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.