सिटिजन लाइफको सीईओमा पुनः पोषकराज पौडेल

  २०७८ पुष २२ गते १४:३७     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः पोषकराज पौडेल नियुक्त भएका छन् । आगामी ४ वर्षको लागि बीमा समितिले पौडेललाई सीइओमा निरन्तरता दिन स्वीकृती दिएको हो ।

सीईओ पौडेलको पहिलो कार्यकाल यही पुस महिनादेखि सकिँदै छ । चार वर्ष अवधिको पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले नै सञ्चालक समितिले उनको कार्यकाल थप्ने निर्णय गरेको थियाे ।

पौडेलले गत २०७४ साल माघदेखि सिटिजन लाइफको सीईओको कार्यभार सम्हालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.