बोनस र हकप्रदको लागि ५ कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

  २०७८ पुष २१ गते १०:५०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । दुई लघुवित्त, दुई फाइनान्स र एक हाइड्रो कम्पनीको बोनस तथा हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो ।

जसमध्ये जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २३८३.२० रुपैयाँ कायम भएको छ ।

कालिका लघुवित्तको पनि १३ प्रतिशत बोनस सेयरको लागि नै मूल्य समयोजन भएको हो । समायोजित मूल्यसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ११६३.७२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, मल्टीपर्पस र पोखरा फाइनान्सको पनि क्रमशः १३ र ८.०७५ प्रतिशत बोनस सेयरको लागि नै मूल्य समायोजन भएको हो । समायोजन पश्चात मल्टीपर्पसको सेयर मूल्य प्रतिकित्ता ४१६.८१ रुपैयाँ र पोखराको प्रतिकित्ता ४४० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी हाइड्रो समूह अन्तर्गतको छ्याङ्दी हाइड्रोपावरको समायोजित मूल्य प्रतिकित्ता ३९६.१५ रुपैयाँ कायम भएको छ । कम्पनीको ३० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो । पुस २० गतेको कारोबारमा संस्थाको सेयर प्रतिकित्ता ४८५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यससँगै आज पुस २१ गतेदेखि यी कम्पनीको सेयर किन्नेले सम्बन्धित कम्पनीको प्रस्तावित लाभांश तथा हकप्रद सेयर पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.