सनराइजको नयाँ बचत खाताः व्याजदर उच्च, स्वास्थ्य तथा दुर्घटना बीमासहित सबै सुविधा पाइने

  २०७८ पुष २० गते १७:५४     विकासन्युज

काठमाडौं । सनराइज बैंकले ‘सम्पूर्ण बचत खाता’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले उक्त खातामार्फत ग्राहकलाई उच्चतम ब्याजदरका साथै विभिन्न सेवाहरु दिने भएको हो ।

न्यूनतम मौज्दात २५ हजार रुपैयाँ रहेको उक्त बचत खातामा ग्राहकले ७.०५ प्रतिशत व्याज पाउने छन् र पाँच वर्षका लागि बैंकले निःशुल्क मोबाइल बैंकिङ्ग र भिसा डेबिट कार्ड दिने छ । साथै एक वर्षका लागि डिम्याट खाता र मेरो सेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्न सक्ने छन् ।

यो बचत खातामा ग्राहकहरुले ८० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्मको ओपीडी खर्च बीमाका साथै ५ लाख रुपैयाँसम्मको दुर्घटनाको बीमा सुविधा पाउने छन् । बैंकका अनुसार अस्पताल भर्ना बीमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिने छ । यो स्वास्थ्य बीमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत दाबी गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.