ग्राहकको विश्वाश जित्दै सीजी नेट, उपत्यकाभर सेवा विस्तार

  २०७८ पुष १६ गते १५:३५     विकासन्युज

काठमाडौं । सीजी नेटले काठमाडौं भरी सेवा विस्तार गरेको छ । चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा विस्तार गरेको हो ।

सीजी नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले अब काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन आफुहरु सक्षम भएको जानकारी दिए । ‘हामी काठमाडौंका सबै नागरिकलाई चाहिएको बेला नै सेवा दिन सक्ने भएका छौं’ उनले भने, ‘सस्तो मुल्यमा उच्च गतिको गुणस्तरीय सेवा दिएकैले हामी छोटो समयमै लोकप्रिय भएका हौँ ।’

इन्टरनेट प्रयोगकर्ताले सीजी नेटप्रति देखाएको विश्वासले आफुहरुलाई हौसला प्रदान गर्दै थप जिम्मेवार बनाएको उनको भनाई छ ।

९ सय ९९ रुपैयामै १२० एमविपिएस गति सहितको योजनाले सुरुवातबाटै चर्चा बटुल्न सफल सीजी नेटले ६ सय ४९ रुपैयामै पचास एमविपिएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ । नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ ।

गत जेठमा काठमाडौंका सिमित क्षेत्रबाट इन्टरनेट सेवाको सुरुवात गरेको सीजी नेटले हाल आफुलाई काठमाडौंका सबै भुभागमा पु¥याउदा ग्राहकसंख्या दश हजार नाघेकोे छ ।

सस्तो मुल्यमा तीव्र गतिको इन्टरनेट खोज्नेहरुको लागि सीजी नेट सबैभन्दा उपयुक्त विकल्प रहेको कम्पनीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.