सन नेपाल लाइफले ५ स्थानमा गर्यो बीमा जागरण अभियान, उत्कृष्ट अभिकर्ता सम्मानित

  २०७८ पुष १४ गते १३:५९     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न ५ वटा कार्यालयमा बीमा जागरण अभियान सञ्चालन गरेको छ । इन्स्योरेन्सले सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

साथै, उत्त कार्यक्रममा बीमाको महत्व र दावी भुक्तानी कसरी गर्ने तथा जनमानसमा बीमाको प्रभावकारी भूमिकाको सम्बन्धमा विस्तार पूर्वक अभिकर्ताहरुलाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गरेका थिए ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.