मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  २०७८ पुष ११ गते १७:१०     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत लुिम्बनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

यस पुस महिनामा बैंकले कोटीहवास्थित पशुपती स्कूल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको थियाे । सो कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी बैंकले सुन्वाल–११, जारगहस्थित नेपाल प्रहरी युक्ति ट्रेनिङ्ग सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम गरेको थियाे ।

उक्त कार्यत्रमहरुमा बैंकिङ्ग सेवा सुविधा , डिजिटल बैंकिङ्ग प्रविधि , बचत खाता लगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको कार्ड प्रयोग गरी नेपालभरी रहेको भिष नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको  एटिएमबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.