समृद्धि फाइनान्स र बुटवल पावरको सेयर मूल्य समायोजन

  २०७८ पुष ११ गते ९:४४     विकासन्युज

काठमाडौं । नेप्सेमा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । आइतबार मात्रै समृद्धि फाइनान्स र बुटवल पावर कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३६१.३३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बुटवल पावरको भने १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ४३८ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.