२२.६१ प्रतिशत लाभांश दिएको नेरुडे लघुवित्तको पुँजी ६० करोड पुग्यो

  २०७८ पुष १० गते १४:३५     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको २२.६१७ प्रतिशत लाभांश पारित भएको छ । संस्थाको आज बसेको पन्ध्रौ वार्षिक साधारण सभाले २२.६१७ प्रतिशत लाभांश पारित गरेको हो ।

सभाले सम्पुर्ण शेयरधनीहरुलाई आ.ब.२०७७/७८ को वितरण योग्य मुनाफावाट २१.४८७ प्रतिशत वोनश शेयर र १.१३ प्रतिशत नगद लाभांश (वोनश शेयरको कर) वितरण गर्ने निर्णय पारित गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष डा. भेष प्रसाद धमलाको अध्यक्षतामा आज विराटनगरको उधोग संगठन मोरङ्गको हलमा सम्पन्न गरेको छ ।

उक्त सभामा संचालक समितिको तर्फवाट अध्यक्ष डा. भेष प्रसाद धमलाले आर्थिक वर्ष २०७७/७८ मा वित्तीय संस्थाले १ लाख ४८ हजार ३२ घर परिवारमा लघुवित्त सेवा पु¥याई ९० हजार १७८ ऋणी सदस्यलाई रु.७ अर्व ९० करोड ऋण लगानी गरेको र रु.२ अर्व ६१ करोड बचत संकलन गरी सम्पुर्ण कारोवार समावेश पछिको खुद मूनाफा रु.१९ करोड १० लाख ६४ हजार ८ सय ४६ र ५७ पैसा आर्जन गरेको जानकारी सभालाई दिए ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालबाट धन्यवाद तथा स्वागत मन्तब्य व्यक्त गर्नु गर्दै वोनश वितरण पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ६० करोड पुगेको जानकारी गराए ।

उक्त साधारण सभावाट सर्वसाधारण शेयरधनीहरु मध्येवाट सुधिर कुमार श्रेष्ठ र बलराम बराल वित्तीय संस्थाको संचालकमा निर्विरोध चयन भएका छन् ।

उक्त कार्यक्रमको संचालन कम्पनी सचिव ऋषि प्रसाद न्यौपानेले गरेका थिए । राष्ट्रिय स्तरको यस लघुवित्त वित्तीय संस्थाले हाल ३१ जिल्लामा १०७ वटा शाखा कार्यालय मार्फत १ लाख ५४ हजार विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरेकोछ ।

संस्थाले उत्कृष्ट लक्ष्य प्रगति गर्ने शाखाहरु तेतरिया, चिमिडि, झुम्का र बोदेबरसाइनलाई प्रति शाखा रु. २५ हजार नगद सहित सम्मान पत्र प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.