बैंकहरुले मनपरी व्याज लिएको व्यवसायीको गुनासो, तरलताको अभाव देखाउँदै कर्जा लगानीमा रोक

  २०७८ पुष १० गते १०:३०     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गरेका हुन् ।

“बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको छ”, अध्यक्ष कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनःबैंकको ब्याजदरका कारण समस्या खेपिरहेको बताए ।

उद्योग व्यवसाय गर्नेहरुले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था नभएको उनको भनाइ छ । पछिल्लो समय बैंकले तरलता अभावका बहानामा उद्योगी व्यवसायीलाई ऋण अड्काउने, मनपरी ढङ्गले ब्याजदर बढाउनेलगायत भइरहेका गतिविधिप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.