क्रिसमस र न्यु इयरभित्र निसानको गाडी किन्दा साढे २ लाखसम्म छुट पाइने

  २०७८ पुष ९ गते १७:२९     विकासन्युज

काठमाडाैं । क्रिसमस र न्यु इएरको उपलक्ष्यमा निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले ‘निसान विक’ सुरु गरेको छ । २६ डिसेम्बर देखी २ जनवरीसम्म हुन लागेको निसान विकमा निसान किक्सको खरिदमा २ लाख ५० हजारसम्मको डिस्काउन्ट पाउन सकिने छ ।

यसका साथै निसानले स्पट एक्सचेन्ज र भ्यालुएसनको सुविधापनि उपलब्ध गराएको छ। ग्राहकहरुले यो अवधिभर देशभर रहेको निसान शोरुम बाट टेस्ट राइड गरेमा १ लक्की ग्राहकले रेडमी १० प्राइम जित्ने अवसर पाउनेछन् ।

साथ साथै हरेक ग्राहकहरुले १ वर्षको निःशुल्क बिमा, १ वर्षको निःशुल्क सडक कर, ३ वर्षको निःशुल्क सर्भिसिङ्ग, ३ वर्षको वारेन्टी, लोएल्टी बोनस र अन्य अफरहरुको लाभ उठाउन सक्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीकाे अनुसार यो अफर देशभर रहेका हरेक निसान शोरुम हरुमा लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.