लुम्बिनी विकास बैंकको १३.०६८ प्रतिशत लाभांश पारित

  २०७८ पुष ९ गते १७:०३     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंककाे १३.०६८ प्रतिशत लाभा‌ंश पारित भएको छ । बैंकको १४ औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र ०।६८२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा बैंकले कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागिता गराएको थियो ।

सभामा अध्यक्ष रिसालले सञ्चालक समितिको तर्फबाट आ।व। २०७७/७८ को वार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारेका थिए ।

लुम्बिनी विकास बैंकले देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख भन्दा बढी ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.