भुक्तानी सेवा प्रदायकहरुमा थपियो माइपे, २५ प्रतिशतसम्मको क्यासब्याक पाइने

  २०७८ पुष ९ गते ११:४९     विकासन्युज

काठमाडौं । विद्युतिय भुक्तानी सेवा प्रदायकको रुपमा माइपे वालेटले आफ्नो सेवा सुभारम्भ गरेको छ । पछिल्लो समय कोभिडका कारण डिजिटल माध्यामप्रति सर्वसाधारणहरुको बढ्दो आकर्षणलाई मध्येनजर गर्दै स्मार्ट कार्ड नेपालले नयाँ वालेट माइपे सार्वजनिक गरेको हो ।

हाल यस वालेटमार्फत मोबाइल टपअप बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी गर्ने सुविधाहरु रहेका छन् । त्यसबाहेक वालेटबाट टिभीको बिल पनि भुक्तानी गर्न सकिन्छ ।

माइपे वालेटमा सजिलै कुनै पनि बैंकबाट फन्ड लोड गरी कारोबार गर्न सकिनुको साथै पहिलो कारोबारमा २५ प्रतिशत वा अधिकतम १०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिने स्मार्ट कार्ड नेपालले जनाएको छ ।

परीक्षणका क्रममा रहेको यस वालेटले छिट्टै नेपालीहरुको दैनिक जीवनसँग जोडिएका नवीन सेवाहरुसहित सार्वजनिक गरिने माइपेका सिइओ मनोज कुमार मेहताले बताए ।

हाल संचालनमा रहेको विद्युतिय भुक्तानी सेवा प्रदायकहरुको सेवामा रहेका बिजुली, इन्टरनेट वा अन्य बिल भुक्तानी गर्ने परम्परागत शैलीलाई चिर्दै माइपेले ग्राहकहरुमाझ उनीहरुको आवश्यकता बुझेर नवीनतम सेवा तथा सुविधाहरुको स्वाद दिने माइपेका सिइओ मनोज कुमार मेहताले बताए ।

‘बजारमा भइरहेका वालेटहरुले जस्तै काम गर्ने भए नयाँ वालेट किन चाहिन्थ्यो र । हामीले सर्वसाधारणलाई अति आवश्यक सेवाहरु डिजिटल माध्यमबाटै गर्न सकिने गरी फरक र नयाँ सेवा दिने जमर्काेमा रहेका छौं,’ उनले भने, ‘अहिले हामीले परीक्षणका रुपमा केही विशेषताहरु मात्रै राखेर माइपे वालेट सार्वजनिक गरेका छौं, हाम्रो वालेटको परफमेन्स र सर्वसाधारणको प्रतिकृया हेरेर छिट्टैनै हामी अति आवश्यक, सहज र नवीन सुविधाहरु सहितको पूर्ण रुपको वालेट सार्वजनिक गर्नेछौं ।’ ।

उनका अनुसार माइपेमा भविष्यमा वालेटको परिभाषा नै बदल्ने गरी भुक्तानी सेवा मात्रै नभई अन्य अत्यावश्यक सेवाहरु थपिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.