सिटिजन्स बैंकमा अमेरिकी डलरको बिक्री सुरु, कुन-कुन शाखाबाट पाइन्छ ?

  २०७८ पुष ९ गते ११:२९     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकहरुको सुविधाको लागी विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री वितरण सुरु गरेको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै अमेरिकी डलर आयात गरेको हो ।

विभिन्न प्रयोजनका लागी विदेश जानुपर्ने ग्राहकहरुले आवश्यक कागजातहरु बैंकमा बुझाई आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ ।

बैंककाे अनुसार यस्तो सटही सुविधा हाल काठमाडाैं उपत्यकाको दरबारमार्ग, कुमारीपाटी , बौद्ध , कोटेश्वर, कुलेश्वर ,ठिमी, कमलादी ,न्यूरोड, डिल्लीबजार, नयाँबजार,भंैसेपाटी लगायतका शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.