पुस ९ र १० गते कामना सेवा फुटसल कप हुँदै

  २०७८ पुष ८ गते १७:२५     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले यहि पुस ९ र १० गते फुटसल कप आयोजना गर्ने भएको छ । ‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ भन्ने उदेश्यको साथ बैंकले फुटसल कप आयोजना गर्न लागेको जनाएको छ ।

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित पत्रकार सम्मेलन मार्फत सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेलतालिकाको बारेमा समेत जानकारी गराइएको थियो ।

उक्त फुटसल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी हुने बैंकले जनाएको छ । उक्त खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र सिता घिमिरे, नि. प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, एन्फा फुटबल कमिटिका प्रतिनिधि, खेलमा सहभागी संस्थाहरुका प्रतिनिधिहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्नेछ ।

युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर जंग गहतराजले पौष ९ गते उक्त खेलको समुद्घाटन गर्नेछन् भने पौष १० गते अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलको समापन गर्नेछन् ।

पौष १० गते हुने नकआउट चरणका खेलहरुको खेलपाटी डट कम सहित विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.