डा. विवेक बिन्द्राले नेपाली लिडरलाई प्रशिक्षण दिने, २५० जना सहभागी हुन पाउने

  २०७८ पुष ८ गते १७:३३     विकासन्युज

काठमाडौं । भारतका मोटिभेसनल स्पिकर तथा नेतृत्व प्रशिक्षक डा. विवेक बिन्द्राले नेपालका विभिन्न क्षेत्रमा संलग्न लिडरहरुलाई प्रशिक्षण दिने भएका छन् । विभिन्न आठ विधामा विश्व कीर्तिमान राखेका डा. बिन्द्राले आगामी माघ ७ गते शुक्रबार एकदिने प्रशिक्षण दिने भएका हुन् ।

‘एक्स्क्लुसिभ लिडरशिप’ नामक उक्त कार्यक्रम जिनियस इन्साइडर, बैंक तथा वित्तीय संघ नेपाल (सिबिफिन) र ज्ञानपुञ्ज स्कुल अफ लिडरशीपको संयुक्त आयोजनामा हुन लागेको हो । आयोजक जिनियस इन्साईडरले पुस ८ गते पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम माघ ७ गते काठमाडौंको रेडक्रसमार्गस्थित ह्यात प्लेस होटलमा हुने जानकारी गराएको हो । प्रशिक्षण सो दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने छ ।

कार्यक्रमको उद्देश्य

यो कार्यक्रम व्यवस्थापकीय कौशलता, नेतृत्व विकास, व्यावसायिक रणनीतिहरुको अवलम्बन र निर्णय लिने क्षमता विकाससँग सम्बन्धित विषयमा केन्द्रित रहनेछ । व्यवस्थापकीय कौशलता तथा व्यावसायिक रणनीति निर्माणका नयाँ आधार अवलम्बन गर्ने उद्देश्यले उक्त नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।

डा. बिन्द्राको प्रशिक्षण रहने कार्यक्रमले कोरोना महामारीबाट सङ्कटग्रस्त बनेका उद्योग क्षेत्रका प्रतिनिधिका साथै विभिन्न उद्यमशीलमा संलग्न व्यवसायीलाई उनीहरु संलग्न क्षेत्रमा थप सफलता प्राप्त गर्न आवश्यक आशा, उत्साह, उत्प्रेरणा र हौसला प्रदान गर्ने आयोजकको विश्वास छ ।

उक्त प्रशिक्षणले कोभिड-१९ को माहामारीबाट संकटग्रस्त बनेका उद्यम तथा व्यवसायहरुको पुनरोत्थान, वर्तमान अवस्थामा गहिरिदो समस्याकोरुपमा देखापरिरहेको तरलता अभाव, यसका कारण, समाधानका उपायहरुका दिने छ । साथै, नयाँ उद्यम तथा व्यवसायको संचालन र व्यवसायलाई दीर्घकालिन रुपमा प्रगतिको पथमा कसरी लैजाने भन्ने विषयमा समेत हुने प्रशिक्षणले समग्र नेपाली उद्यमी तथा व्यवसायीहरुलाई बहुपयोगी एवं लाभदायी हुने छ । र, आध्यात्मिक पुस्तक गीताका साथै अन्य धार्मिक ग्रन्थका दार्शनिक पक्षबारे समेत प्रशिक्षणमा दिइने बताइएको छ ।

साथै, कार्यक्रमबाट प्राप्त हुने ज्ञान, सीप र कलाले नेपाली व्यवसायहरुको विकास एवं विस्तार, नेपाली उत्पादनलाई प्रतिष्पर्धी बनाई विश्वबजारमा चिनाउन, समग्र अर्थतन्त्रलाई बलियो र दिगो बनाउन समेत महत्वपूर्ण सहयोग पुग्ने आयोजक जिनियस इन्साइडरका अध्यक्ष डा राहुल सरावागीले बताए ।

कार्यक्रममा शिक्षाविद् भोजराज शाहले प्रशिक्षणमा सहभागी उद्यमीलाई वित्तीय क्षेत्रमा देखा परेको तरलता, आर्थिक मन्दीलाई सामना गर्न नयाँ चिन्तन तथा बहुआयामिक विचार निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आध्यात्मिक पुस्तक गीताका साथै अन्य धार्मिक ग्रन्थका दार्शनिक पक्षबारे समेत प्रशिक्षणमा दिइने बताइएको छ ।

को-को सहभागी हुन सक्छन् ?

एक दिने प्रशिक्षणमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, स्कूल, कलेज, उद्योग, व्यवसायका अध्यक्ष, संचालक तथा उच्च पदस्थ अधिकारीहरु सहभागी हुन सक्ने छन् । यी क्षेत्रका करिब २५० जना उक्त प्रशिक्षणमा सहभागी हुन पाउने छन् ।

को हुन् डा. विवेक बिन्द्रा ?

डा. विवेक बिन्द्रा बडा बिजनेस डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । विभिन्न प्रकारको व्यावसाय तथा उद्यम सञ्चालनमा सफल व्यक्तित्व भएका उनले अन्तर्राष्ट्रिय तहमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई प्रशिक्षण दिएका छन् । डा. बिन्द्राले विगतमा शुन्य अवस्थादेखि सफल व्यवसायी भएका अन्तर्राष्ट्रिय व्यक्तित्वको कार्यशैली, जोखिम वहन गर्ने सक्षमताका विषय वस्तुसमेत प्रस्तुत गर्दै आएका छन् । उनले एक वर्ष अर्थात १५/१६ महिनाको अन्तरालमै ८ विधामा गिनिज बुक अफ वोल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल भएका छन् ।

3 comments on "डा. विवेक बिन्द्राले नेपाली लिडरलाई प्रशिक्षण दिने, २५० जना सहभागी हुन पाउने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.