विर्तामोडमा खुल्यो स्कोडाको शोरुम, आकर्षक नगद छुट पाइने

  २०७८ पुष ८ गते १४:१०     विकासन्युज

काठमाडाैं । नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिर्तामोडमा यसकाे नयाँ शाेरुम खाेलेकाे छ ।

स्कोडाको नयाँ शाेरुमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरे ।

कम्पनीले यस शाेरुममार्फत सेल्स, सर्भिस र स्पेयर्सकाे सेवा दिनेछ । हलेसी अटोमोबाइललाई कम्पनीले यसकाे डिलरशिप प्रदान गरेकाे छ ।

हलेसी अटोमोबाइलले यस अवसरमा दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गरेकाे छ । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक क्यास डिस्काउन्ट, निःशुल्क सडक कर, एक्सचेन्ज बोनसको सुविधा पाउने हलेसी अटोमोबाइलकका प्रबन्ध निर्देशक चुडामणी पौडेलले बताए ।

हाल पोखरा, नारायणघाट, विराटनगर, बुटवल, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप रहेको छ ।

नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.