महालेखालाई चार्टर्ड एकाउन्टेन्टस् संघको काउन्टर– एफपीओमा कर लाग्ने दफा भेटिएन

  २०७८ पुष ७ गते १०:४४     विकासन्युज

काठमाडौं । चार्टर्ड एकाउन्टेन्टहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले अंकित मूल्यभन्दा बढीमा जारी भएको थप सार्वजनिक निष्कासन (एफपीओ) मा कर लाग्ने दफा आयकर ऐनमा नभेटिएको जनाएको छ ।

महालेखा परीक्षकको कार्यालयले यसवर्ष सार्वजनिक गरेको ५८औं प्रतिवेदनमा सुचिकृत कम्पनीहरुले जारी गरेको एफपीओमा कर लाग्ने उल्लेख गरेको थियो । सो प्रतिवेदनमा २४ वटा वाणिज्य बैंक र १३ वटा बीमा कम्पनीहरुले एफपीओ तथा सेयर लिलामीबाट प्राप्त भएको लाभमा ३ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ कर तिर्नुपर्ने भनेको थियो ।

सो विषयमा चार्टर्ड एकाउन्टेन्टहरु बीच नै दुविधा भएपछि संघले अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्दै आयकर ऐन २०५८ मा एफपीओमा कर लाग्ने दफा नै नभेटिएको जनाएको छ ।

‘हाम्रो छलफलबाट आएको निष्कर्षमा शेयर प्रिमियम कर्पोरेट शव्द हो कर शव्द होइन । करमा यो ‘पूँजी योगदान’मा समावेश हुन्छ । मुनाफा (ट्याक्स– बेस अफ प्रोफिटस्) बाट शेयर प्रिमियममा थपिएमा (पुँजीकरण गरिएमा) त्यो लाभांस हुन्छ,’ अध्ययन प्रतिवेदनमा निष्कर्षमा उल्लेख छ ।

सो अध्ययन प्रतिवेदनको निष्कर्षमा थप उल्लेख गरिएको छ– शेयर प्रिमियमबाट बोनस शेयर जारी गर्ने गरी पूँजिकरण गरिएमा कर लेखाङ्कनका लागि त्यो ‘पूँजी योगदान’ भएकाले यसवाट निकायलाई कुनै पनि लाभ नहुने भएकाले निकायलाई कर लगाउनु न्यायोचित समेत रहदैन, यसका साथै यस्तो अवस्थाबाट एक व्यक्तिबाट अर्को व्यक्तिलाई लाभ हस्तान्तरण हुने अवस्थामा कर लगाउने कानूनको हालको मौजुदा आयकर कानूनमा रहेको पाईदैन ।

शेयर प्रिमियमबाट बोनस शेयर जारी गर्ने गरी पुँजीकरण गरिएमा उक्त कारोवार आयकर ऐनको दफा ५६(३) ले कल्पना गरको लाभांशको रुपमा मुनाफा बाहेकको लाभांश वितरण नहुने हुँदा निकायलाई आयकर ऐनको २०५८ अन्तर्गत यस विषयमा कर लाग्ने कुनै अन्य त्यस्तो दफा नभेटिएको संघको निष्कर्ष छ ।

सम्बन्धित समाचार

आर्थिक ऐनमा नयाँ व्यवस्था नभए बैंकहरुले ८ अर्ब थप कर तिर्नै पर्ने

मर्जर/एक्वीजिसनको कर विवादः महालेखाले कुरो बुझेन कि राष्ट्र बैंकदेखि अडिटरसम्मले गरे गल्ती ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.