आइसीएफसी फाइनान्सको सभाले पारित गर्यो १४ प्रतिशत लाभांश

  २०७८ पुष ५ गते १७:१६     विकासन्युज

काठमाडौं । आइसीएफसी फाइनान्सको प्रस्तावित १४ प्रतिशत लाभांश पारित भएको छ । पुस ५ गते सम्पन्न संस्थाको १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै, सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर तथा ४ प्रतिशत नगद लाभांश पाउने भएका छन् ।

संस्थाको उक्त सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा भएको थियो । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षक एस.ए.आर.एसोसिएट्सलाई नियुक्त गरेको छ ।

एक अर्ब २ करोड रुपैयाँ रहेको संस्थाको चुक्ता एक अर्ब १२ करोड रुपैयाँ नाघ्ने छ । फाइनान्सले हाल २० वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १९ वटा एटिएम मार्फत ८० हजार भन्दा बढी ग्राहकलाई सेवा दिएको छ ।

साथै, संस्थाले चालु आर्थिक वर्षसम्म १५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन र १३ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.