नबिल इन्भेष्टमेण्ट बैंकिंङद्वारा सेयर बजारबारे जानकारी दिन कार्यक्रम शुरु

  २०७८ पुष २ गते १३:०७     विकासन्युज

काठमाडाैं । नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडले सेयर बजारबारे सम्पुर्ण जानकारी दिन जानकारी मुलक कार्यक्रम संचालन गर्न शुरु गरेको छ ।

कम्पनीले नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ, नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशन, धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले प्रदेश नम्बर ४ गण्डकी प्रदेशबाट सो सम्बन्धि जानकारी मुलक कार्यक्रम संचालन गर्न शुरु गरेको हाे ।

निकट भविष्यमा देशको सातै प्रदेशमा यस्तो खाले कार्यक्रम संचालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुका बारेमा जानकारी दिएका थिए ।

स्थापना कालको १२औं वर्ष प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

४५ लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २२ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ । यस्तो अवस्थामा धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाईदाहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.