जुम्लामा नबिल बैंककाे युवा उद्यमशिलता र वित्तीय साक्षरता तालिम सम्पन्न

  २०७८ पुष २ गते ११:३८     विकासन्युज

काठमाडाैं । नबिल बैंकले जुम्लामा युवा उद्यमशिलता र वित्तीय साक्षरता तालिम सम्पन्न गरेकाे छ । बैंकले राष्ट्रिय युवा परिषदसँगकाे सहकार्यमा जुम्ला जिल्लाको तिला गाउँपालिकामा  युवालाई आत्मनिर्भर बनाउन उक्त ६ दिने तालिम सम्पन्न गरेकाे हाे ।

यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियाे ।

महिलाहरुको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरु तालिममा मात्र सहभागी नभएर, घर परिवारका सदस्यहरुलाई समेत तालिममा सहभागी गराएका थिए । उक्त कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र राेजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।

त्यस्तै, नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरु अहिले करोडौको कारोबार गरिरहेको उदाहरण दिँदै ठुलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न सबैलाई आग्रह गरेका थिए । उनले उद्यमशिलता विकास र स्वरोजगार प्रवद्धनमा नबिल बैंककाे सधै साथ रहने बताए ।

१९४ परिवारका सदस्यहरु सहभागी भएको उक्त तालिममा महिलाको संख्या आधाभन्दा बढि रहेको बैंकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.