आरटीजीएस प्रणालीमा जोडिए थप ७ वित्तीय संस्था (कुन कुन ?)

  २०७८ पुष १ गते १७:०१     विकासन्युज

काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ वटा वित्तीय संस्थाहरू जोडिएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै ७ वटा वित्तीय संस्थाहरु आरटिजीएस प्रणालीमा जोडिएको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरु पुस १ गतेदेखि आरटीजीएस प्रणालीमा जोडिएका हुन् । उक्त प्रणालीमा जोडिनेमा एउटा विकास बैंक र अधिकांश फाइनान्स कम्पनीहरु रहेका छन् ।

सप्तकोशी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, गोर्खाज फाइनान्स, बेष्ट फाइनान्स कम्पनी, प्रोग्रेशिभ फाइनान्स, रिलायन्स फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.