एनएमबि लघुवित्त र केवाइसी म्यानेजमेन्ट सिस्टमबीच सम्झौता

  २०७८ पुष १ गते १६:५२     विकासन्युज

पोखरा । एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्नो ग्राहक पहिचान सम्बन्धी सम्पुर्ण कार्यलाई स्वचालित गर्ने भएको छ । यो कार्यका लागि संस्थाले डिजिटल एज नेपालसँग सम्झौता गरेको छ ।

सो सम्झौतापत्रमा एनएमबि लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिव्येश्वरी दलीले हस्ताक्षर गरेका छन ।

केवाइसी म्यानेजमेन्ट सिस्टम लागु भए पश्चात् वित्तीय संस्थामा आवद्ध ग्राहकको व्यक्तिगत विवरण अभिलेख व्यवस्थित र विश्वसनीय हुनुका साथै ग्राहकहरुले अनलाइनबाट खाता खोल्न सक्ने सुविधा समेत रहेको बताइएको छ ।

एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।

यस वित्तीय संस्थाले देशका सात वटै प्रदेश अन्तर्गत ६८ जिल्लाका विभिन्न स्थानहरुमा १४८ वटा शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी करिब १ लाख उन्नाईस हजार विपन्न घरपरिवारका सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.