हिमालयन बैंकद्वारा २४ विद्यार्थीलाई छात्रवृति प्रदान

  २०७८ पुष १ गते १५:२६     विकासन्युज

काठमाडाैं । हिमालयन बैंकले शिव नमुना माविमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई मासिक छात्रवृत्ति प्रदान गरेकाे छ । बैंककाे कावासाेती शाखाले उक्त विद्यालयका विद्यार्थीलाई मासिक छात्रवृत्तिका साथै स्टेशनरी प्रदान गरेको छ ।

बैंकले उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामान प्रदान गरेको हो ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा पुस १ गते आयोजित एक समारोहकाबीच बैंकका कावासोती शाखाका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त छात्रवृत्ति तथा स्टेशनरी सम्बन्धित विद्यार्थीहरुलाई हस्तान्तरण गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.