बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश पारित

  २०७८ मंसिर २९ गते १६:३५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभाले प्रस्तावित १४ प्रतिशत लाभांश पारित गरेको छ । मंसिर २९ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै, बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् ।

त्यस्तै, सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.