बबक्याटको ब्याक्हो लोडरः एक पटक खरिद गर्दा ‘लाइफटाइम’ निःशुल्क सर्भिसिङ

  २०७८ मंसिर २९ गते १४:१८     विकासन्युज

काठमाडौं । इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस कम्पनीले नेपाली बजारमा ब्याक्हो लोडर भित्र्याएको छ । कम्पनीले सन् २०२१ मा बबक्याट ब्राण्डको लोडर भारतबाट नेपालमा भित्र्याएको हो ।

यसअघि कम्पनीले टर्की लगायतका देशबाट आयात गर्ने गरेको थियो । टर्कीबाट ल्याईएको बबक्याट महङ्गो भएपछि अमेरिकी कम्पनीले भारतमा निर्माण गरेको बबक्याट नेपाल भित्र्याइएको कम्पनीले जनाएको छ । डुसान ब्राण्ड ७० वर्ष पुरानो कम्पनी हो ।

कम्पनीका बिजनेश प्रमुख उत्साहराज श्रेष्ठ कम्पनीले भारतको चेन्नईबाट नेपालका लागि मात्र डुसान ब्राण्डका हेवी इक्युप्मेन्टहरु ल्याउने गरेको बताउँछन् । कम्पनीले चेन्नईबाट नेपाल बिक्री वितरणमा ल्याउनु अगाडि विभिन्न क्षेत्रमा परिक्षण गरेको थियो ।

‘नेपालको भौगोेलिक बनाबटमा उपयोग गर्न मिल्ने नमिल्ने बारेमा हामीले धेरै स्थानमा टेस्ट गरेका थियौँ, टेस्ट सफल भएपछि हामीले बिक्री वितरण सुरु गरेका हौँ’, उनले भने ।

कम्पनीले अपरमुस्ताङको माइनस १५ डिग्री सेल्सीएसदेखि तराईका विभिन्न क्षेत्रमा टेस्ट ड्राईभ गरेको थियो ।

मुस्ताङमा नमर्ली चिसोका कारण धेरै कम्पनीका मेसिनहरु सञ्चालनलमा कठिनाई हुने गरेको थियो । हामीले पनि समस्या आउनसक्ने अनुमान गर्दै मुस्ताङमा टेस्ट ड्राईभ गरेका थियौँ । तर हामीले अनुमान गरेभन्दा राम्रोसँग स्टार्ट भयो । बबक्याटमा जडान गरीएको प्रिहिट सिष्टमका कारण स्टार्ट गर्दा सहज भयो ।

यस्तै हामीले गर्मी स्थानमा समस्या देखिनसक्ने अनुमान गर्दै लाहनमा टेस्ट गरेका थियाँै । धेरै तातोमा पनि मेसिन सञ्चालनमा कठिनाई हुनसक्छ । हामीले कस्ता खालका समस्या देखिनसक्छन् भनेर परीक्षण गर्दा नर्मल भेट्यौँ, उनले भने ।

तराईको गर्मीमा २० घण्टासम्म मेसिन सञ्चालन गर्दा कुनै समस्या नआएकोे कम्पनीले जनाएको छ ।

चिसो तथा गर्मी स्थानमा मेसिनको टेस्ट ड्राईभ गरेको कम्पनीले काठमाडौं उपत्यका र निर्माण क्षेत्रमा समेत परीक्षण गरेको थियो । ठूला आयोजनामा काम गरेर परीक्षण गर्दा कुनै समस्या नदेखिएपछि मेसिन नेपाल ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीको बारेमा

इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस सन् २००८ मा नेपालमा दर्ता भएको हो । कम्पनीले सुरुवाती चरणमा नै डुसान ब्राण्डका उपकरणहरु नेपाल ल्याएर बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले हेभि इक्युप्मेन्टको रुपमा डुसान र बबक्याट ब्राण्ड गरी दुई ब्राण्डका उपकरणहरु बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीका अनुसार उक्त मेसिन एशियन बजारलाई मध्यनजर गर्दै इन्डियाको चेन्नई फ्याक्ट्रीबाट उत्पादन गरी नेपाल लगायत अफ्रिकन मुलुकहरुमा पनि बिक्री वितरणको लागि तयार पारिएको हो ।

नेपालका तराई, पहाड र हिमाल तिनै भूभागमा पूर्व परीक्षण गरी सार्वजनिक गरिएको बबक्याट बि ७६० मा रहेको हिटिंग प्रविधी परीक्षणका लागि नेपालको माथिल्लो मुस्ताङ (४००० अल्टिट्युड उचाई)मा परीक्षण गर्दा मेसिन सहजै सुचारू भएको कम्पनीले जानकारी दिएको छ ।

अमेरिकी प्रविधीबाट निर्मित यस मेसिनमा विश्व प्रसिद्ध पर्किन्स इन्जिनको प्रयोग गरिएको छ जसले ९४ हर्स पावरको शक्ति प्रदान गर्दछ । उच्च बकेट कर्ल एंगलका साथै उच्च ब्रेकिंग शक्ति समेत रहेकोले काम गर्न शैली छिटो र सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण रहेको दाबी समेत कम्पनीले गरेको छ ।

यसमा रहेको विशेष कुलिंग सिस्टमका कारण उच्च तापक्रममा कार्य सम्पादन गर्न सहज हुनेछ साथै यसको १६ डिग्री असिलेसन एंगलले असमान भूभागमा पनि सहजै काम गर्न मद्दत पुग्नेछ र लामो आर्मका कारण अधिक गहिराई सम्म खन्न सहज हुने कम्पनीले जनाएको छ ।

७४ बर्षको सफल इतिहास बोकेको बबक्याटले झन्डै १०० भन्दा बढी मुलुकमा आफ्ना ९०० भन्दा बढी डिलर्स मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । हाल संचालनमा रहेका हेवी कम्प्याक्ट इक्युप्मेन्टहरु मध्ये संख्यात्मक रूपले हेर्दा विश्वभर बबक्याट नं १ मा रहेको कम्पनीले दाबी गरेको छ ।

हाल नेपालका काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, नेपालगंज, पोखरा, विरगंज र इटहरी लगायत विभिन्न मुख्य शहरहरुमा रहेका शाखा कार्यालयबाट बबक्याट बि ७६० को बुकिंङ्ग गर्न सकिने कम्पनीले जनाएको छ ।

निःशुल्क सर्भिसिङ

कम्पनीले एक पटक डुसान र बबक्याट ब्राण्डका उपकरणहरु खरिद गर्दा निःशुल्क रुपमा सर्भिसिङको सुविधा दिँदै आएको छ ।

‘हामीले एक पटक हाम्रा ब्राण्डका उपकरणहरु खरिद गर्दा सर्भिसिङ चार्ज लिदैनाँै, केही पार्टहरु थप्नुपर्दा पास्र्टको मात्र खर्च जोडिन्छ । हामीले लेवरलाई दिनुपर्ने शुल्क लिने गरेका छौनौँ’, उनले भने ।

७५ जनाभन्दा बढी कर्मचारीहरु सर्भिसिङका लागि विभिन्न स्थानमा रहेका छन् भने आवश्यक सम्पूर्ण पास्र्टहरु कम्पनीले भारतबाटै आयात गर्दै आएको छ ।

कम्पनीले केही समय अगाडी नेपालि बजारमा भित्र्याएको ब्याक्हो लोडरको सुरुवाती मूल्य ४९ लाख रुपैयाँ तोकेको छ । कम्पनीले ३० प्रतिशत डाउनपेमेन्टको समेत व्यवस्था गरेको छ ।

जसका लागि कम्पनीले ज्योति तथा कामना सेवा विकास बैंक लगायतका बैंक तथा वित्तीय संस्थाबाट फाइनान्सीङको व्यवस्था गर्ने गरेको छ । यस्तै, कम्पनीले ब्याक्हो लोडरको इन्जीनमा एक र व्यार्टीमा २ वर्षको वारेन्टी राखेको छ ।

कम्पनीले यही मंसिर ६ गते ब्याक्हो लोडर नेपाली बजारमा भित्र्याएको हो । नेपालको भौगोलिक अवस्था अनुसारको उपकरण नेपाल भित्र्याएको कम्पनीले थोरै समयमा नै बिक्री वितरण राम्रो भएको जनाएको छ ।

कम्पनीले यसअघि लोडरहरु टर्कीबाट खरिद गरेर नेपाल ल्याउने गरेको थियो । टर्कीबाट नेपाल ल्याउँदा महङ्गो हुने गरेपछि कम्पनीले भारतबाट सस्तो मूल्यमा लोडर नेपाल भित्र्याएको हो ।

कम्पनीले चालु आर्थिक वर्षमा एक सय वटा मेसिन बिक्री वितरण गर्ने योजना बनाएकोे छ । नेपाल भित्र्याएको छोटो समयमा नै सो उपकरणमा उपभोक्ताले चासो देखाएको भन्दै सहज रुपमा अनुमानभन्दा पनि धेरै बिक्री वितरण हुने विजनेश प्रमुख श्रेष्ठ बताउँछन् ।

उनले ठूला कामको लागि एक्साभेटरको प्रयोग हुनेभन्दै ठूलो काम भएको क्षेत्रमा सघाउनका लागि बबक्याट उपयुक्त हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.